आइतबार विदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । आइतबार पनि सार्वजनिक विदा दिने सरकारले गरेको निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
सरकारले हचुवाका भरमा हप्तामा दुई विदा दिने निर्णय गरेको भन्दै अधिवक्ताहरू रामबहादुर शाही, तेजबहादुर लोहिया, सन्तोष भण्डारी र त्रिलोकबहादुर चन्दले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।
विज्ञ र सम्बन्धित निकायसँग आवश्यक छलफल नै नगरी मन्त्रिपरिषद्ले हठातमा हप्तामा दुई दिन सार्वजनिक विदा दिएको उनीहरूको भनाइ छ ।
उनीहरूले आइतबार पनि सार्वजनिक विदा दिने वैशाख २६ गतेको निर्णय बदर गर्न र परमादेश माग गरेका छन् ।
सरकारको निर्णयअनुसार जेठ १ देखि सरकारी कार्यालयमा शनिबार र आइतबार सार्वजनिक विदा कार्यान्वयन भइरहेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया