नेपाल प्रहरीका पाँच र सशस्त्रका एक डिआइजी एआइजीमा बढुवा

काठमाडौं । सरकारले नेपाल प्रहरीका पाँच र सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डिआइजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा गरेको छ ।
गृह मन्त्रालयले सिफारिस गरेका ६ डिआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
मन्त्रिपरिषद्ले १ नम्बरमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बिसी र तेस्रोमा दिवेश लोहनी तथा मुकुन्दराज आचार्य र पूजा सिंह एआइजीमा बढुवा गरेको हो ।
यस्तै सशस्त्रका डिआइजी चन्द्रप्रकाश गौतमलाई पनि सोही संगठनको एआइजीमा बढुवा गर्ने निर्णय गरेको छ ।
आइतबार सार्वजनिक विदा दिने निर्णय खारेज – NepalWatch
ताजा अपडेट
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
प्रतिक्रिया