प्रतिस्पर्धाबिनै पश्चिम सेती भारतीय कम्पनीलाई
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको पश्चिम सेती जलविद्युत् परियोजना निर्माणको ज्म्मिा प्रतिस्पर्धाबिनै भारतीय सरकारी कम्पनी एनएचपिसी लिमिटेडलाई दिने तयारी गरेको छ । सोमबार बसेको लगानी बोर्डको ५१ औं बैठकले परियोजना निर्माणको जिम्मा एनएचपिसीलाई दिने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।
त्यस्तै, अर्को भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जिएमआर) ले ८ वर्षदेखि लगानी जुटाउन नसकेको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनका लागि २ वर्ष समय थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने निर्णय पनि लगानी बोर्डले गरेको छ ।
बैठकले २ वटा जलविद्युत् परियोजनामा करिब २६ अर्ब रूपैयाँबराबरको लगानीसमेत स्वीकृत गरेको छ । लगानी बोर्डको कार्यालयका अनुसार दोलखामा बन्ने ९९.८ मेगावाटको माथिल्लो तामाकोसी ५ आयोजनाका लागि १६ अर्ब ४५ करोड ९८ लाख र म्याग्दीमा बन्ने ४० मेगावाटको राहुघाट जलविद्युत् परियोजनाका लागि ९ अर्ब ४७ करोड ३० लाख रूपैयाँ बराबरको लगानी स्वीकृत भएको हो । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया