आज तीन वटा प्रदेशमा वर्षा हुनसक्ने
काठमाडौं । नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव तथा मध्यपश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बली भई प्रदेश नं १, बागमती र गण्डकी प्रदशका थोरै स्थानमा वर्षा भइरहेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदल रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको केही स्थानमा तथा मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ ।
आज काठमाडौँको अधिकतम २८ र न्यूनतम २० डिग्री सेल्सियस छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया