भुसालमाथिको कारवाहीबारे पार्टीले आवश्यक निर्णय गर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा छलफल गरेर नेता घनश्याम भुसालमाथिको कारवाही अगाडी बढाउने बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भुसाललाई कारवाही गर्ने वा नगर्ने विषय पार्टीको आन्तरिक विषय भएको प्रतिक्रिया दिएका छन् ।
‘कुनै विषय छ भने पार्टीको बैठकमा छलफल हुन्छ । कसलाई कारवाही गर्ने वा नगर्ने विषय बैठकमा आवश्यक छलफलपछि निर्णय हुन्छ’, पोखरेलले भने, ‘यो विषय बाहिर मिडियामा जसरी छरपष्ट रूपमा आइरहेको छ । यो देखेर मलाई अचम्म लागेको छ । कुनै व्यक्ति विशेषको निर्णय बाहिर सार्वजनिक खपतका लागी होइन, बठकमा छलफल हुनुपर्छ ।’
भुसालले पार्टीहित विपरीत अभिव्यक्ति दिएको भन्दै जेठ १८ गते बसेको एमाले अनुशासन आयोगको बैठकले उनीमाथि कारवाही गर्न सिफारिस गरेको थियो । भुसालमाथि अनुशासन उल्लङ्घन गरेको आरोपमा कारवाही गर्ने भएपछि एमालेभित्र तरङ्ग उत्पन्न भएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया