भुसालमाथिको कारवाहीबारे पार्टीले आवश्यक निर्णय गर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीमा छलफल गरेर नेता घनश्याम भुसालमाथिको कारवाही अगाडी बढाउने बताएका छन् ।
मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भुसाललाई कारवाही गर्ने वा नगर्ने विषय पार्टीको आन्तरिक विषय भएको प्रतिक्रिया दिएका छन् ।
‘कुनै विषय छ भने पार्टीको बैठकमा छलफल हुन्छ । कसलाई कारवाही गर्ने वा नगर्ने विषय बैठकमा आवश्यक छलफलपछि निर्णय हुन्छ’, पोखरेलले भने, ‘यो विषय बाहिर मिडियामा जसरी छरपष्ट रूपमा आइरहेको छ । यो देखेर मलाई अचम्म लागेको छ । कुनै व्यक्ति विशेषको निर्णय बाहिर सार्वजनिक खपतका लागी होइन, बठकमा छलफल हुनुपर्छ ।’
भुसालले पार्टीहित विपरीत अभिव्यक्ति दिएको भन्दै जेठ १८ गते बसेको एमाले अनुशासन आयोगको बैठकले उनीमाथि कारवाही गर्न सिफारिस गरेको थियो । भुसालमाथि अनुशासन उल्लङ्घन गरेको आरोपमा कारवाही गर्ने भएपछि एमालेभित्र तरङ्ग उत्पन्न भएको छ ।
ताजा अपडेट
-
‘अर्थमन्त्रीका सल्लाहकारहरू आधारभूत विषयमा अनभिज्ञ रहेको पाउँदा अचम्म लाग्यो’
-
कालीगण्डकी करिडोर निर्माणका क्रममा पूर्ववडाध्यक्षको मृत्यु
-
पाकिस्तानमा पाँच महिनामा सडक अपराध र गोलीबारीका घटनामा ६१ जनाको मृत्यु
-
पूर्वराष्ट्रपति ट्रम्पमाथि अर्को अभियोग
-
जिल्ला निर्वाचन कार्यालय खारेजी प्रस्तावबारे राजनीतिक दलसँग आयोगको परामर्श
प्रतिक्रिया