बञ्चरे डाँडामा प्रहरी र स्थानीयबीच झडप
काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनमा बञ्चरे डाँडाका स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।
सोमबार सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको रोहबरमा काठमाडौं महानगरपालिका र सरोकारवाला निकायबीच फोहोर उठाउने सहमति भएबमोजिम महानगरले आजबाट फोहोर उठाएको थियो ।
तर फोहोर लिएर गएका टिप्परमाथि स्थानीय बासिन्दाले अबरोध गरेपछि दुई पक्षबीच झडप भएको हो । स्थानीय बासिन्दाले स्थानीय जनप्रतिनिधि र सरोकार समितिबीच सहमति नभइ फोहोर विसर्जन गर्न नदिने चेतावनी दिएका छन् । फोहोर फाल्न अबरोध गर्ने स्थानीयलाई प्रहरीले बल प्रयोग गरी नियन्त्रणमा लिइएको एक स्थानीयले बताएका छन् ।
पछिल्लोपटक केही सातादेखि काठमाडौं उपत्यकाको फोहोर उठ्न सकेको छैन । घरको फोहोर स्थानीयले सडक ल्याएर फालिदिँदा दुर्गन्ध फैलिएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया