इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सबैलाई कारवाही हुन्न : यातायात व्यवस्था विभाग

काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर नजोड्ने सबै सवारी साधनलाई कारवाही नहुने स्पष्ट पारेको छ ।
मंगलबार विभागले एक विज्ञप्ति जारी गर्दै साउन १ बाट सडकमा गुड्ने सबै सावारी साधनलाई इम्बोस्ड नम्बर अनिवार्य नगरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘४० दिनमा अहिले दर्ता कायम भएका सबै सवारी साधन त परै जावस् अहिलेकै गतिमा इम्बोस्ड नम्बर जाडान हुने हो भने २५ लाख सवारी साधन मध्ये केही प्रतिशत सवारी साधनमा जडान गर्न सकिने देखिन्छ’, विज्ञप्तिमा उल्लेख छ ।
तर विभागले २०७८ कात्तिक २२ गतेको राजपत्रको सूचना बमोजिम जे जतिमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको छ, त्यसका लागि जडान भए÷नभएकोबारे अनुगमन अनिवार्य भएको उल्लेख छ ।
सरकारले साउन १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेपछि सरकारको व्यापक आलोचना भएको थियो । चालु संसदको अधिवेशनमा उक्त निर्णयमा पुनर्विचार गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका थिए ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया