धरानको पाठ्यक्रममा मेयर साम्पाङको नयाँ विषय

काठमाडौं । धरान उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरू गर्ने भएको छ ।
धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङले मंगलबार उक्त विषयको जानकारी दिँदै ट्राफिक नियम प्रभावकारी बनाउन सबैलाई आग्रह गरेका छन् ।
सडक दुर्घटना न्युनीकरण गर्नु उपमहानगरको उद्देश्य भएकाले सबैको सहयोग रहने उनले विश्वास लिएका छन् ।
‘धरान उपमहानगरले स्कुले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन शुरु गर्नेछ ! सबैले यसलाई प्रभावकारी बनाऔँ ! सडक दुर्घटना न्युनीकरण हाम्रो उद्देश्य रहनेछ !’
प्रतिक्रिया