कोरोना बीमाको रकम भुक्तानी दिन अदालतको आदेश
काठमाडौं । पत्रकारको कोरोना बीमाबापतको रकम भुक्तानी गर्न उच्च अदालत विराटनगरले बीमा कम्पनीका नाममा परमादेश जारी गरेको छ ।
उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन थारू र न्यायाधीश जगतनारायण प्रधानको संयुक्त इजलासले कोरोना बीमाको रकम भुक्तानी गर्न अजोड इन्स्योरेन्स कम्पनीका नाममा गत सोमबार परमादेश दिएको हो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाले आफ्ना सदस्यहरूको कोरोना बीमाबापतको रकम भुक्तानीका लागि परमादेश माग गर्दै ०७८ भदौ २१ मा उच्चमा रिट दायर गरेको थियो । निवेदकको पक्षमा परमादेश आदेश भएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।
कोरोना बीमाको रकम भुक्तानी गर्नुपर्ने दबाब चौतर्फी बढ्न थालेपछि सरकारले तिर्नुपर्ने रकम जुटाउनका लागि अर्थ मन्त्रालयले एक समिति गठन गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसहितको टोलीसँगको भेटमा अर्थ सचिव मधु मरासिनीले उक्त जानकारी दिएका हुन् । अर्थ मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख रमेश केसीको संयोजकत्वमा गठित समितिमा राजस्व महाशाखा प्रमुख भूपाल बराल र बजेट महाशाखा प्रमुख चक्रबहादुर बुढा सदस्य छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया