नेसन्स लिगमा जर्मनीको फेरि बराबरी, इटालीको जित
काठमाडौं । नेसन्स लिग फुटबलमा जर्मनीले फेरि बराबरी खेलेको छ । गएराति भएको खेलमा जर्मनीले इंग्ल्याण्डसँग बराबरी खेलेको हो ।
पहिलो खेलमा जर्मनी र इटालीले एकएक गोलको बराबरी खेलेका थिए । दोस्रो खेलमा पनि जर्मनी र इंग्ल्याण्डले एकएक गोलको बराबरी खेलेका हुन् ।
५० औं मिनेटमा जर्मनीले अग्रता लिएको थियो । तर ह्यारी केनले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।
लीगकाे ग्रुप ३ काे समूहमा गएराति भएको अर्को खेलमा इटालीले हंगेरीविरुद्ध २–१ गोल अन्तरको जित निकालेको छ । इटालीका लागि ३० औं मिनेटमा निकोलो बारेल्ला र ४५ औं मिनेटमा लोरोन्जो पेलग्रिनीले गोल गरेका थिए । ६१ औं मिनेटमा इटालीकै जियानलुका मानसिनीले आत्मघाती गोल गर्दा हंगेरीलाई फाइदा भयो ।
दुई दुई खेलपछि इटालीको चार, हंगेरीको ३, जर्मनीको २ र इंग्ल्याण्डले एक अंक बटुलेका छन् । पहिलो खेलमा हंगेरीले इंग्ल्याण्डलाई एक शून्य गोल अन्तरले पराजित गरेको थियो ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया