नेसन्स लिगमा जर्मनीको फेरि बराबरी, इटालीको जित

काठमाडौं । नेसन्स लिग फुटबलमा जर्मनीले फेरि बराबरी खेलेको छ । गएराति भएको खेलमा जर्मनीले इंग्ल्याण्डसँग बराबरी खेलेको हो ।
पहिलो खेलमा जर्मनी र इटालीले एकएक गोलको बराबरी खेलेका थिए । दोस्रो खेलमा पनि जर्मनी र इंग्ल्याण्डले एकएक गोलको बराबरी खेलेका हुन् ।
५० औं मिनेटमा जर्मनीले अग्रता लिएको थियो । तर ह्यारी केनले ८८ औं मिनेटमा पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।
लीगकाे ग्रुप ३ काे समूहमा गएराति भएको अर्को खेलमा इटालीले हंगेरीविरुद्ध २–१ गोल अन्तरको जित निकालेको छ । इटालीका लागि ३० औं मिनेटमा निकोलो बारेल्ला र ४५ औं मिनेटमा लोरोन्जो पेलग्रिनीले गोल गरेका थिए । ६१ औं मिनेटमा इटालीकै जियानलुका मानसिनीले आत्मघाती गोल गर्दा हंगेरीलाई फाइदा भयो ।
दुई दुई खेलपछि इटालीको चार, हंगेरीको ३, जर्मनीको २ र इंग्ल्याण्डले एक अंक बटुलेका छन् । पहिलो खेलमा हंगेरीले इंग्ल्याण्डलाई एक शून्य गोल अन्तरले पराजित गरेको थियो ।
ताजा अपडेट
-
बाँझिएको पाखोबारीमा झाडी फाडेर विद्यार्थीले गरे तरकारी खेती
-
असार बित्न लाग्दा पनि परेन पानी, खेतमै सुक्यो धानको ब्याड
-
प्रतिनिधि सभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
सरकारको एक वर्ष : आर्थिक क्षेत्रमा उल्लेख्य काम
-
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पूर्वानुमान
प्रतिक्रिया