NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

यस्तो अवस्थामा उपचार भइरहेको छ चार तलाबाट खसेर गम्भीर घाइते भएकी पोखरेलको

काठमाडौं । चार तलामाथिबाट खसेर गम्भीर घाइते भएकी नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरलेलको उपचार जारी छ । काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा आइसिुयमा राखेर उनको उपचार भइरहेको हो ।

यसैबीच कांग्रेस नेता डा. शेखर कोइरालाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । ट्रमा सेन्टर पुगेर कोइरालाले उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।

‘डा. शेखर कोइरालाले उहाँसँग कुराकानी गर्नुभयो । उहाँ होसमा हुनुहुन्छ । कसरी लड्नुभयो भनेर सोध्नुभयो । अलिअलि बोल्नुभयो’ दिनेशले भने, ‘स्वास्थ्यमा सुधार भइरहेको छ । डाक्टरले पनि इन्फेक्सन नहोस् भनेर लागिरहनुभएको छ ।’
गत सोमबार बनस्थलीस्थित आफ्नै निवासको चौंथो तलाबाट उनी खसेर गम्भीर घाइते भएकी थिइन् । घटनालगत्तै उनलाई मनमोहन अस्पताल लगिएको थियो । शरिरमा धेरै नै चोटपटक लागेपछि उनलाई थप उपचारको लागि ट्रमा सेन्टरमा लगिएको हो ।

उनको दायाँ खुट्टा दुई ठाउँमा भाँचिएको छ । दायाँ हात पनि भाँचिएको छ । कम्मरको हड्डी पनि भाँचिएको छ । शरिरका विभिन्न भागमा चोट लाग्नुका साथै अनुहार भरि चोट लागेको अस्पतालको जनाएको छ । गम्भीर घाइते भएकी पोखरेलको क्रिटीकल केयर गरेर उपचार गर्नुपर्ने अस्पतालको भनाई छ ।

रामचन्द्र पौडेलकी छोरी चार तलाबाट खसेर घाइते, आइसियुमा उपचार हुँदै