कक्षामा हल्ला गरेको भन्दै शिक्षकले विद्यार्थी कुटे
पर्सा । वीरगञ्ज महानगरपालिका–१५ पिपरास्थित गुरुकुल एकेडमीमा कार्यरत शिक्षकबाट एक विद्यार्थी कुटपिट गरिएको आरोपमा विद्यार्थीका आफन्तद्वारा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।
शिक्षक राजबाबु कुमारले कक्षा ७ मा अध्ययनरत १५ वर्षीय रिजुराज सिंहमाथि कुटपिट गरेको उल्लेख गर्दै विद्यार्थीका बुबा मन्टुकुमार सिंहले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।
शिक्षक राजाबाबुले कक्षा कोठामा हल्ला गरेको निहुँमा पटकपटक विद्यार्थी रिजुराजमाथि टाउकोलगायत शरीरका विभिन्न भागमा कुटपिट गरेको विद्यार्थीका बुबा सिंहको आरोप छ ।
सिंहका अनुसार शिक्षक राजाबाबुले स्टिलको स्केलले टाउको र पिठ्यूँमा तथा गालामा रिजुराजलाई पटक पटक कुटपिट गर्दै आएका छन् । गुरुकुल एकेडमीमका प्रधानाध्यापक रामबाबुप्रसाद साहले विद्यार्थीलाई कुटपिट नभएको अभिभावकले अफवाह मात्र फैलाएको प्रतिक्रिया दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया