NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

धेरै दिनपछि सेयरबजार हरियाली, कारोबार रकममा पनि सुधार

काठमाडाैं । पछिल्लो ८ कारोबार दिन (सरकारको बजेट प्रस्तुत) देखि निरन्तर ओरालो लागिरहेको सेयरबजार आज हरियाली छाएको छ । आज नेप्से ६०.२२ अंक बढेर २०८०.४४ विन्दुमा पुगेको छ ।

आज सेन्सेटिभ इण्डेक्स ११.२५ अंक बढेर ४००.३७ विन्दुमा पुगेको छ । नेप्से बढेसँगै आज कारोबार रकममा पनि सुधार आएको छ । आज कुल २३१ स्टकको ५० लाख ५ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशत बढेको छ । त्यसैगरी विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेका छन् । लगानी र बैंक उपसमूहको परिसूचक भने यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ ।

आज ४ स्टकको शेयरमाम सकारात्मक सर्किट लागेको छ । आज सामुदायिक लघुवित्त वित्तीय संस्था, उपकार लघुवित्त वित्तीय संस्था, बलेफी हाइड्रोपावर र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन तेह्रथुम पावर कम्पनी र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

आज माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य सर्वाधिक ४.११ प्रतिशत घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावट दर भने ३ प्रतिशतभन्दा कम रहेको छ ।
आज कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ५ करोड १२ लाख ४० हजार ३३२ रुपैयाँको कारोबार भएको छ । त्यस्तै कुमारी बैंकको ४ करोडि ९९ लाख १५ हजार २४६ रुपैयाँको कारोबार भएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष