NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बाढीले मेलम्चीको अस्थायी पुलमा क्षति

काठमाडौं । मेलम्चीमा बाढी आएको छ । यस वर्षको मनसुन सुरु भएपछिको पहिलो बाढीले त्यहाँ निर्माण गरिएको अस्थायी पुलमा क्षति पुगेको छ ।

मेलम्ची नगरपालिका–७ र ११ जोड्न निर्माण गरिएको अस्थायी पुलमा बाढीले क्षति पुर्याएको हो ।

गत वर्षको भिषण बाढीपछि आवतजावतका लागि त्यहाँ ह्युम पाइप राखेर अस्थायी पुल निर्माण गरिएको थियो ।

बाढीले अस्थायी पुलमा क्षति पुर्याएपछि ममर्तको प्रयास भइरहेको छ ।मेलम्ची नगरपालिकाका जनप्रतिनिधिको टोली अहिले ममर्तका लागि त्यहाँ पुगेका छन् ।

बाढीले अन्य स्थानमा भने अहिलेसम्म कुनै क्षति नपुगेको बताइएको छ । त्यहाँ बिहीबार बिहानैदेखि पानी परिरहेको छ ।

मेलम्चीमा गत वर्ष जेठमा गएको भिषण बाढीले ठूलो धनजनको क्षति भएको थियो । वर्षा सुरु भएसँगै त्यहाँका स्थानीय गत वर्षको जस्तै प्रकोप निम्तिने भयले त्रस्त छन् ।