बाढीले मेलम्चीको अस्थायी पुलमा क्षति
काठमाडौं । मेलम्चीमा बाढी आएको छ । यस वर्षको मनसुन सुरु भएपछिको पहिलो बाढीले त्यहाँ निर्माण गरिएको अस्थायी पुलमा क्षति पुगेको छ ।
मेलम्ची नगरपालिका–७ र ११ जोड्न निर्माण गरिएको अस्थायी पुलमा बाढीले क्षति पुर्याएको हो ।
गत वर्षको भिषण बाढीपछि आवतजावतका लागि त्यहाँ ह्युम पाइप राखेर अस्थायी पुल निर्माण गरिएको थियो ।
बाढीले अस्थायी पुलमा क्षति पुर्याएपछि ममर्तको प्रयास भइरहेको छ ।मेलम्ची नगरपालिकाका जनप्रतिनिधिको टोली अहिले ममर्तका लागि त्यहाँ पुगेका छन् ।
बाढीले अन्य स्थानमा भने अहिलेसम्म कुनै क्षति नपुगेको बताइएको छ । त्यहाँ बिहीबार बिहानैदेखि पानी परिरहेको छ ।
मेलम्चीमा गत वर्ष जेठमा गएको भिषण बाढीले ठूलो धनजनको क्षति भएको थियो । वर्षा सुरु भएसँगै त्यहाँका स्थानीय गत वर्षको जस्तै प्रकोप निम्तिने भयले त्रस्त छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया