NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मुल्य ५०० रूपैयाँ बढ्यो,चाँदी स्थिर

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको हो ।

मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजावी सुन ९७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बुधबारकै मूल्य अर्थात प्रतितोला १२ सय ८० रुपैयाँमा कोरोबार भइरहेको महासंघले जनाएको छ ।