नर्भिक अस्पतालमा शनिबार न्यूरोलोजी टिमले निःशुल्क ओपिडी चलाउने
काठमाडौं । नर्भिक अस्पतालमा शनिबार न्यूरोलोजी टिमले पुन निःशुल्क ओपिडी चलाउने भएको छ । अस्पतालले आउने शनिबार दुई न्यूरोलोजी टिमको सहायतामा निःशुल्क ओपिडी सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।
अस्पतालले विगत लामो समयदेखि नै न्यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सञ्चालन गर्दै आइरहेको छ । शनिबार पनि अस्पतालले विहान ८ बजेदेखि १० बजेसम्म एउटा टिम र ९ बजेदेखि साढे १० बजेसम्म अर्को टिमबाट ओपिडी सञ्चालन गर्ने छ ।
अस्पतालका अनुसार ८ बजे देखि १० बजे सम्म यूरोसर्जरी विशेषज्ञ डाक्टर सञ्जीवभक्त विष्ट र डा. सुनिल श्रेष्ठको टिमले प्रोस्टेट ग्रन्थी सम्बन्धी निःशुल्क ओपिडी सेवा दिने छ भने ९ बजे देखि साढे १० बजेसम्म यूरोलोजी विशेषज्ञ डाक्टर रविन जोशी र डा इशान मल्लको टिमले सेवा दिने छन् । उक्त निःशुल्क ओपिडीमा सहभागी भइ शल्यक्रिया गनुपर्ने आवश्यकता भएका बिरामीलाई शल्यक्रिया शुल्कमा विशेष छुट दिनेसमेत अस्पतालले जनाएको छ ।
उक्त निःशुल्क ओपिडी सेवा लिन इच्छुक व्यक्तिले अस्पतालको कल सेन्टर नम्बर ५९७००३२ तथा भाइबर र ह्वाट्सएपमार्फत नाम टिपाउन सक्नेछन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया