ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
काठमाडौं । तेह्रथुममा ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
म्याङलुङ नगरपालिका–१ को भित्री सडकखण्डमा म्याङलुङबाट तमोर नदीतर्फ जाँदै गरेको प्रदेश१-०२-००३त ४९८ नंको ट्र्याक्टर गए राति आफैं अनियन्त्रित भई सडकबाट करिब १०० मीटर तल झरी दुर्घटना भएको थियो ।
दुर्घटनामा ट्र्याक्टर चालक फेदाप गाउँपालिका-५ इसिबुका २६ वर्षीय रविन खापुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
ताजा अपडेट
-
१६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ लगानी
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
रोल्पाको माडीमा जिप दुर्घटना, ३ जनाको मृत्यु
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित


प्रतिक्रिया