NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

एक दिनभन्दा बढी टिक्न सकेन लगानीकर्ताको खुशी, १७ अंकले घट्यो नेप्से

काठमाडाैं । ८ कारोबार दिन (सरकारको बजेट प्रस्तुत) देखि निरन्तर ओरालो लागिरहेको सेयरबजार बुधबार बढेपनि बिहीबार फेरी ओरालो लागेर बन्द भएको छ । आज नेप्से १७.५८ अंकले घटेर २०६२.८६ विन्दुमा झरेको छ । बुधबार नेप्से ६०.२२ अंक बढेर २०८०.४४ विन्दुमा पुगेको थियो ।

आज सेन्सेटिभ इण्डेक्स ३.९९ अंक घटेर ३९६.३९ विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । आज कुल २२९ कम्पनीको ४१ लाख ४५ हजार १०४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रूपैयाँको कारोबार भएको छ ।

बुधबार कुल २३१ स्टकको ५० लाख ५ हजार कित्ता शेयर खरिदबिक्री हुँदा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३१ प्रतिशत घटेको छ । त्यसैगरी विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ । बाँकीको १ प्रतिशतभन्दा कमले घटेको छ ।

आज नेप्से घटेपनि उपकार लघुवित्तको सेयरमा सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ । आज सो कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बलेफी हाइड्रोपावरको ९.९९ प्रतिशतले बढेको छ । त्यसैगरी, यस दिन नेपाल इन्भेष्टमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । सो कम्पनीका लगानीकर्ताले  ६ प्रतिशतका दरले गुमाएका छन् ।

आज कारोबार रकमका आधारमा कुमारी  बैंकको सर्वाधिक ६ करोड ७४ लाख ६९ हजार ३०१ रुपैयाँको कारोबार भएको छ । त्यस्तै हिमलायन डिष्टिलरीको ४ करोड ३२ लाख ४२ हजार रूपैयाँको कारोबार भएको छ ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष