चट्याङ लागेर सप्तरीमा दुई जनाको मृत्यु
राजविराज । वर्षासँगै परेको चट्याङ लागेर सप्तरीको बोदेबर्साइन नगरपालिका–३ मधुवनम दुई जनाको मृत्यु भएको छ ।
गाईबस्तु चराउन गएका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवलाई चट्याङ लागेर मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
वर्षा भइरहेको बेला एउटै छातामा ओत लागेका दुवैमाथि चट्याङ परेर घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबर्साइनले जनाएको छ ।
उक्त घटनाबारे अनुसन्धान भइरहेको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया