दैलेखको जिल्ला समन्वय प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी
जिल्ला समन्वय समिति दैलेखका प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका छन् । शाही सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै १३ मत प्राप्त गरेर विजयी भए ।
सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)को तर्फबाट प्रमुखको उम्मेदवार नेपाली कांग्रेसकी दुर्गाकुमारी श्रेष्ठले नौ मत प्राप्त गरे ।
स्वतन्त्रबाट निर्वाचित शाही नेपाली कांग्रेस दैलेखका उपसभापति छन् । उनलाई कांग्रेसले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ ।
जिसस प्रमुखमा निर्वाचित शाहीलाई एमालेले सहयोग गरेको थियो । एघार वटा स्थानीय तह रहेको दैलेखमा प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्ष गरी २२ जना मतदाता थिए । जिल्ला समन्वय समिति निर्वाचनका लागि एमालेका १०, नेपाली कांग्रेसका नौ, माओवादी केन्द्रका दुई र समाजवादीका एक जना मतदाताले मतदान गरेका थिए ।
यस्तै जिल्ला समन्वय समितिको उपप्रमुखमा सत्तागठबन्धनलाई हराउँदै नेकपा ९एमाले०का उम्मेदवार केशवबहादुर शाही निर्वाचित भए । उनले ११ मत प्राप्त गरेर विजयी भए । गठबन्धनका तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरे ।
महिला सदस्यमा नेकपा एकीकृत समाजवादीका कविता गिरी ११ मत, कोकिला खड्का ११ मत र पूर्णा विक ११ मत ल्याई निर्वाचित भए । दलित वा जिल्ला समन्वय समितिको तीन जना महिला सदस्यमा सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विजयी भए ।
यस्तै तीन जना सदस्यमा सत्तागठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका अङ्गबहादुर शाही ११ मत र नेकपा माओवादी केन्द्रका फत्तबहादुर डाँगी ११ मतसहित विजयी भए ।
सदस्यमै स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही ११ मतसहित विजयी भए । अल्पसङ्ख्यक सदस्यमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी बनेकी माओवादी केन्द्रकी तुल्छा विक ११ मत ल्याएर निर्वाचित भए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया