NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

प्रधानमन्त्रीले बालेनलाई भने, ‘फोहोर व्यवस्थापनमा सरकारको साथ छ’

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई बोलाएर काठमाडौँको फोहर व्यवस्थापनका विषयमा जानकारी लिएका छन् ।

प्रधानमन्त्री देउवाले आज प्रमुख साहलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर फोहर व्यवस्थापनमा देखिएको समस्या समाधान गर्न नेपाल सरकारको साथ रहेको बताए प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा प्रधानमन्त्री देउवाले फोहर व्यवस्थापन हुने स्थल बञ्चरेडाँडाका स्थानीय बासिन्दा र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न आग्रह गरेका थिए ।