पहिरोले धादिङमा घर पुरियो, एक जना बेपत्ता
धादिङ । जिल्लाको त्रिपुरासुुन्दरी गाउँपालिका–५, घिमिरेगाउँमा पहिरोले घर पुरिएको छ । घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।
घरमाथिबाट खसेको पहिरोमा पुरिएर त्रिपुरासुन्दरी गाउँपालिका–५ घिमिरेगाउँका ५५ वर्षीय सीताराम भन्ने नेत्रप्रसाद खाण हराइरहेको जिल्ला प्रहरी कार्यालय, धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिए ।
रातिको समयमा अविरल वर्षाका कारण भूकम्पबाट पुनःनिर्माण गरिएको घरमाथिबाट सडक खनेर थुपारिएको माटोको ढिस्कोसहितको लेदोले पुरिएको थियो । घरका अन्य सदस्य अर्को घरमा रहेकोले सकुशल रहेका छन् । खाणको अवस्था भने पत्ता लागेको छैन । पहिरोले घर छोपिएको छ ।
ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या आएको छ । स्थानीय जनता, समाजसेवी र नेपाल प्रहरी उद्धारमा लागिरहेका छन् । घटनास्थल क्षेत्रमा जेसिबी जान नसकेको र थप उद्धार टोली आवश्यक भएको नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाले जानकारी दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया