प्रहरी नियन्त्रणमा रहेका अभियुक्तको मृत्यु
काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका एक अभियुक्तको मृत्यु भएको छ ।
ज्यान मार्ने कसुरमा पक्राउ परेका केराबारी गाउँपालिका–२, मोरङका ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको हो ।
बिहीबार सरकारी वकिल कार्यालय मोरङ पुर्याइएका ठकुरी त्यही बेहोस भएर ढलेको र उपचारका लागि कोसी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
उनका आफन्तले भने प्रहरीको भनाइ अस्वीकार गरेका छन् । उनीहरूले दाबी गरेअनुसार, ठकुरीको प्रहरी कुटपिटबाट मृत्यु भएको हो ।
मृतकका आफन्तले घटनाबारे सत्यतथ्य छानबिनको माग गर्दै दोषी पाइए कारबाहीको माग गरेका छन् । साथै उनीहरूले क्षतिपूर्ति दिन पनि भनेका छन् ।
मृतक ठकुरीको शव अहिले पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
गत माघमा श्रीमतीलाई आक्रमण गरेर गम्भीर घाइते पारेको अभियोगमा यही जेठ २५ गते ठकुरी पक्राउ परेका थिए ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया