प्रहरी नियन्त्रणमा रहेका अभियुक्तको मृत्यु
काठमाडौं । प्रहरीको नियन्त्रणमा रहेका एक अभियुक्तको मृत्यु भएको छ ।
ज्यान मार्ने कसुरमा पक्राउ परेका केराबारी गाउँपालिका–२, मोरङका ४८ वर्षीय भक्तबहादुर ठकुरीको मृत्यु भएको हो ।
बिहीबार सरकारी वकिल कार्यालय मोरङ पुर्याइएका ठकुरी त्यही बेहोस भएर ढलेको र उपचारका लागि कोसी अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, मोरङले जनाएको छ ।
उनका आफन्तले भने प्रहरीको भनाइ अस्वीकार गरेका छन् । उनीहरूले दाबी गरेअनुसार, ठकुरीको प्रहरी कुटपिटबाट मृत्यु भएको हो ।
मृतकका आफन्तले घटनाबारे सत्यतथ्य छानबिनको माग गर्दै दोषी पाइए कारबाहीको माग गरेका छन् । साथै उनीहरूले क्षतिपूर्ति दिन पनि भनेका छन् ।
मृतक ठकुरीको शव अहिले पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ ।
गत माघमा श्रीमतीलाई आक्रमण गरेर गम्भीर घाइते पारेको अभियोगमा यही जेठ २५ गते ठकुरी पक्राउ परेका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया