गोर्खाज फाइनान्सको साधारण सभा आज, यस्ता छन् एजेण्डा
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारण सभा आज (जेठ २७ गते) बस्दै छ । सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेट बत्तिपुतली काठमाडौंमा बिहान ११.३० बजे बस्ने तयारी हुँदैछ ।
सभाले गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने, चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै साधारणसभामा सञ्चालक समितिमा रित्त हुन गएको संस्थापक शेयरधनीहरुको तर्फबाट १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ सञ्चालक बाँकी कार्यकालका लागि नियुक्ती गरिएको विषयलाई पनि सभामार्फत स्वीकृति प्रदान गरिनेछ । संस्थाको प्रबन्धपत्र नियमावली सम्बन्धमा नियनकारी निकायबाट आवश्यक हेरफेर गर्न निर्देशन भएमा सोहि बमोजिम गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया