सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कुन रुटको भाडा कति ?

काठमाडाैं । यातायात व्यवस्था विभागले जेठ २७ (आज) देखि नै लागू हुनेगरी सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले सार्वजनिक यातायातको पनि भाडा बढाइएको हो ।
नेपाल आयल निगमले हिजो राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको भाडा बढाइसकेको छ। विभागले २.५ प्रतिशतदेखि ३.७ प्रतिशतसम्म भाडा बढाइएको हो । सार्वजनिक मातहतको भाडा समायोजन गर्दा आधार बनाइएको इन्धनको बजार मूल्य ५ प्रतिशतले घटबढ भएमा सोअनुसार भाडा बढाइएको विभागले जनाइएको छ ।
जसअनुसार यात्रुबाहक सवारीमा २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सावरी साधनमा ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको ३.७ प्रतिशत भाडा बढाइएको छ ।
ताजा अपडेट
-
बैठक नै नबसी प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित
-
‘उपत्यकाका नदी स्वच्छ बनाउन तीन अर्ब ४२ करोड बजेट’
-
सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने मन्त्रालयको तयारी
-
नागरिकता ऐन संशोधन विधेयक छिटो पारित गर्न गृहमन्त्रीको आग्रह
-
विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंककाे वृहत् बृक्षारोपण कार्यक्रम आयोजना
प्रतिक्रिया