पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का । लगातारको वर्षाले सङ्खुवासभाको भोटखोला गाउँपालिका जाने उत्तर–दक्षिण सडक अवरुद्ध भएको छ ।
वर्षासँगै आएको पहिराले मकालु गाउँपालिका–३ सम्माटारमा पहिरो खसेपछि सडक अवरुद्ध भएको उत्तर–दक्षिण सडक कार्यालयका प्रमुख इञ्जीनियर दिपेश रजकले जानकारी दिए ।
आज बिहान ७ बजे खाँदबारी–किमाथाङ्का सडकखण्ड मकालु–३ कोसम्माटारमा पहिरो खसेको सडक अवरुद्ध भएको उनले बताए। सो क्षेत्रमा अहिले पनि लगातार वर्षा भइरहेको छ ।
सङ्खुवासभामा दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ । वर्षा नरोकिएसम्म पहिरो हटाउन सकिने अवस्था नभएको सडक कार्यालयका प्रमुख रजकले बताएका छन् । पानी रोकिए पनि पहिरो हटाउन चार–पाँच दिन लाग्न सडक कार्यालयले जनाएको छ ।
सडकखण्ड अवरुद्ध भएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिकामा यातायात सेवा बन्द भएको छ । सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ ।
अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालुको फ्याक्सिन्दासम्म मात्रै चलेका छन् । एक महिना बन्द भएको भोटखोला जाने सडक एक साताअघि मात्र खुलाइएको थियो ।
ताजा अपडेट
-
प्रधानमन्त्रीसमक्ष निर्यात व्यवसायी महासङ्घको सुझाव प्रस्तुत
-
पहिरोले एक घर पूर्णरूपमा क्षतिग्रस्त
-
स्रोतलाई प्रभावकारी ढङ्गले उपयोग गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
-
भोजपुरको देउराली–भङ्गेरी–पालुवा–गुम्बा सडक स्तरोन्नति
-
सेयर नामसारीको कसरी गर्ने, प्रक्रिया कस्तो हुन्छ ?
प्रतिक्रिया