दुई प्रेमिकासँग एउटै मण्डपमा विवाह

काठमाडौं । एक युवकले भारतको छत्तीसगढमा अनौठो विवाह गरेका छन् । एक युवकले दुई प्रेमिकासँग एउटै मण्डपमा विवाह गरेका छन् । ती युवकको दुवै प्रेमिकासँग एक / एक वटा बच्चा रहेका छन् । उक्त विवाहका लागि दुवै प्रेमिका आफ्ना छोरी लिएर मण्डपमा पुगेका थिए ।
विवाहपश्चात उक्त युवकले दुवै प्रेमिकासँग माया भएको र जिन्दगी भर उनीहरुको साथ नछोड्ने बताएका छन् । केशकालको इरागाउँ क्षेत्रको उम्ला गाउँमा यो विवाह सम्पन्न भएको हो ।
राजन सिंह नाम गरेका युवाको दुई जना प्रेमिका रहेको र उनको विवाह अगाडि नै बच्चा जन्मिएपछि स्थानीय व्यक्तिहरुले बैठक बसेका थिए । यस घटनाबारे छलफल गर्दा राजन दुवै युवतीसँग विवाह गर्न राजी भए ।
त्यसपछि समाजकै सहमतिमा राजन सिंहले दुवै युवतीसँग एकै दिन एउटै मण्डपमा विवाह गर्ने निर्णय गरेका हुन् ।
उनले विवाहको निमन्त्रणा कार्डमा दुवै प्रेमिकाको नाम राखेका थिए ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया