दुई प्रेमिकासँग एउटै मण्डपमा विवाह
काठमाडौं । एक युवकले भारतको छत्तीसगढमा अनौठो विवाह गरेका छन् । एक युवकले दुई प्रेमिकासँग एउटै मण्डपमा विवाह गरेका छन् । ती युवकको दुवै प्रेमिकासँग एक / एक वटा बच्चा रहेका छन् । उक्त विवाहका लागि दुवै प्रेमिका आफ्ना छोरी लिएर मण्डपमा पुगेका थिए ।
विवाहपश्चात उक्त युवकले दुवै प्रेमिकासँग माया भएको र जिन्दगी भर उनीहरुको साथ नछोड्ने बताएका छन् । केशकालको इरागाउँ क्षेत्रको उम्ला गाउँमा यो विवाह सम्पन्न भएको हो ।
राजन सिंह नाम गरेका युवाको दुई जना प्रेमिका रहेको र उनको विवाह अगाडि नै बच्चा जन्मिएपछि स्थानीय व्यक्तिहरुले बैठक बसेका थिए । यस घटनाबारे छलफल गर्दा राजन दुवै युवतीसँग विवाह गर्न राजी भए ।
त्यसपछि समाजकै सहमतिमा राजन सिंहले दुवै युवतीसँग एकै दिन एउटै मण्डपमा विवाह गर्ने निर्णय गरेका हुन् ।
उनले विवाहको निमन्त्रणा कार्डमा दुवै प्रेमिकाको नाम राखेका थिए ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया