एकै दिन दुई ठाउँमा बाघको आक्रमण
चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा एकै दिन दुई ठाउँमा बाघले आक्रमण गरेको छ ।
ती घटनामा दुई जना घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२३ स्थित हरियाली सामुदायिक वनमा बाघले आक्रमण गरेको छ। भरतपुर २४ का ४३ वर्षीय राजेश वाइवालाई बाघले आक्रमण गरेको हो ।
स्थानीय ६० वर्षीय कृष्णबहादुर लामासँगै राप्ती नदी हेर्न गएको समयमा वाइवालाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । घाइते वाईवाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको छाती र कुममा चोट लागेको छ ।
बिहान तरकारी टिप्न खेतमा जाने क्रममा राप्ती नगरपालिका–१ का ४३ वर्षीय इन्द्रबहादुर थिङ (वाइवा) लाई अर्को बाघले आक्रमण गरी घाइते बनाएको थियो ।
घाइते थिङको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । राप्तीमा आक्रमण गर्ने बाघलाई निकुञ्जले नियन्त्रणमा लिएको छ । चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले बाघलाई नियन्त्रणमा लिएको हो ।
उक्त बाघलाई निकुञ्जको सौराहा सेक्टरमा रहेको खोरमा राखिने छ । उक्त भाले बाघको उमेर भने खुलेको छैन । यसअघि नियन्त्रणमा लिइएका दुई वटा बाघ कसरास्थित खोरमा राखिएको छ ।
चितवनमा पछिल्लो समय बाघको आक्रमण बढेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११ महिनामा बाघको आक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया