ब्राड पिटद्वारा एन्जिलिना जोलीविरुद्ध मुद्दा दायर
हलिउड अभिनेता जोनी डेपले पूर्वपत्नी एम्बर हर्डविरुद्धको मानहानीको मुद्दा जितेसँगै अर्का अभिनेता ब्राड पिटले पनि पूर्व पत्नीविरुद्ध मानहानीको मुद्दा दायर गरेका छन् ।
उनले पूर्वपत्नी एन्जीलिना जोलीविरुद्ध आफ्नो मिरावल वाइनको व्यवसायलाई नियतवश नोक्सान पुर्याउन खोजेको र प्रतिष्ठामा आँच पुर्याएको आराप लगाएका छन् ।
यस्तो आरोप लगाउँदै उनले अदालतमा जोलीविरुद्ध मुद्दा दायर गरेका हुन् । वैवाहिक सम्बन्धमा हुँदा मिलावल वाइनको व्यवसायमा जोली र पिट दुवैको सह स्वामित्व थियो । जोलीले पिटको सहमतिबिना नै उक्त सेयर एक अपरिचित व्यक्तिलाई बेचेको दाबी गरेका छन् ।
सोही भाइनयार्डमा यी जोडीले सन् २०१४ मा विवाह गरेका थिए । तर, सम्बन्ध विच्छेदको चार वर्षपछि जोलीले आफ्नो सेयर टेनुट डेल मोन्डोलाई बेचिन् । आफ्नो सहमतिबिना नै अरुलाई सेयर विक्रि गर्नुलाई पिटले विश्वासघात भएको दाबी गरेका छन् ।
उनले जोलीले मिरावलको सफलतामा जोलीले कहिल्यै योगदान नगरेकोसमेत जनाएका छन् । अदालतमा पिटले दिएको बयानमा जोलीले उक्त सेयर विक्री गर्दा पिटलाई ढाँटेको र सम्झौताविपरित काम गरेको जनाईएको छ । योसँगै जोलीले मिरावल वाइन्सको व्यवसाय प्रतिष्ठामा आँच पुर्याउने काम गरेको बयानमा उल्लेख छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया