जिसस कपिलवस्तुमा रोचक हारजित
कपिलवस्तु । कपिलवस्तु जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा (एमाले) का बाबुराम आचार्य निर्वाचित भएका छन् । प्रमुखका उम्मेदवारले बराबर मत प्राप्त गरेपछि गोलाप्रथाबाट आचार्य निर्वाचित भएका हुन् ।
उपप्रमुखमा एमाले, लोसपा र राप्रपा गठबन्धनबाट रमेश कुर्मी निर्वाचित भएका छन् । मत बराबर भएपछि जिल्ला समन्वय समितिका ६ सदस्यको समेत गोलाप्रथाबाटै चयन गरिएको थियो । सदस्यहरुमा कांग्रेसका सुनिता चमार, माओवादी केन्द्रका राजेन्द्रप्रसाद कुर्मी, कांग्रेसका मनोहर धुनियाँ र जसपाका रामु अहिर निर्वाचित भएका छन् ।
यस्तै गोलाप्रथाबाटै सदस्यमा एमालेकी शकुन्तला भण्डारी र सुमित्रा दमाई तथा जसपाकी सन्ध्या पौडेल खान निर्वाचित भएका छन् । समन्वय समितिको निर्वाचनमा कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेपाल र माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सित चुनावी तालमेल गरेको थियो ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया