लोगो बनाउन महासंघद्वारा प्रस्ताव आह्वान, उत्कृष्टलाई एक लाख पुरस्कार
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले रु. एक लाख पुरस्कारसहित लोगो डिजाइनका लागि खुला आह्वान गरेको छ ।
इन्टरनेशनल फेडेरेसन अफ एसियन एण्ड वेस्टर्न प्यासिफिक कन्ट्रयाक्टर्स एसोसिएसनको ४६ औं सम्मेलनका लागि लोगो निर्माण गर्न महासंघले प्रस्ताव माग गरेको हो । निर्माण व्यवसायीको अन्तर्राष्ट्रिय संस्था एसोसिएसनमा नेपाल पनि सदस्य छ । जसको ४६ औं सम्मेलन महासंघको आयोजनामा नेपालमा हुँदैछ ।
महासंघले सम्मेलनका लागि आवश्यक लोगोको प्रस्ताव ३५ दिनभित्र गर्न भनेको छ । महासंघका अनुसार उत्कृष्ट लोगो निर्माण गर्नेलाई रु. एक लाख र सान्त्वना पुरस्कारसमेत व्यवस्था गरिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया