पोर्चुगलमा बेपत्ता भएका युवक मृत भेटिए

काठमाडौं । गत अप्रिल १५ देखि पोर्चुगलमा हराइरहेका एक युवकको शव पोर्चुगलको समुद्रमा भेटिएको छ ।
नुवाकोट बेलकोटगढी-१२ स्थायी घर भएर पाेर्चुगल बस्दै आएका सुजन सिलवालको शव बिहीबार भेटिएको एनआरएनए पोर्चुगलले जनाएको छ ।
सिलवालको शव पोस्र्टमार्टमका लागि अस्पतालमा राखिएको छ । रोजगारीको सिलसिलामा सिलवाल ७ वर्ष अघि पोर्चुगल पुगेका थिए । उनको के कति कारणले मृत्यु भएको हो भन्ने बारे अनुसन्धान भइरहेको बताइएको छ ।
ताजा अपडेट
-
माधव नेपालको सांसद पद निलम्बित भएको संसदमा जानकारी
-
भिजिट भिसा प्रकरणमा गृहमन्त्री र कर्मचारी संलग्न भएको यथेष्ट प्रमाण रहेको रास्वपाको दाबी
-
संसद्मा गृहमन्त्रीको जवाफ- भिजिट भिसामा मेरो संलग्नता छैन, कर्मचारीको बदमासीमा राजीनामा दिनु पर्दैन
-
संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आन्दोलन जारी रहन्छ : रास्वपा
-
अनुसन्धान प्रहरी र अभियोजनकर्ताबीच समन्वय जरुरी छः गृहमन्त्री लेखक
प्रतिक्रिया