बाह्र वर्षमै बाँसको सामान बनाएर आम्दानी गर्दै आयुष्मा

दमौली । तनहुँकी एक बालिकाले बाँसबाट सामान बनाए राम्रो कमाई गर्दै आएकी छिन् । जिल्लाको आँबुखैरेनी गाउँपालिका–१ ड्याम नजिक बस्दै आएकी १२ वर्षीय आयुष्मा भुजेलले सानै उमेरदेखि राम्रो आम्दानी गर्दै आएकी हुन् ।
स्थानीय अकला आधारभूत विद्यालय कक्षा ५ मा अध्ययनरत उनले बाँसबाट विभिन्न सामान बनाएर बिक्री गरी घरपरिवारको खर्चका लागि सहयोगसमेत गर्दै आएकी छिन् ।
बाँसको चोयाबाट निर्मित नाङ्गलो प्रतिगोटा दुई सयदेखि तीन सयसम्म बिक्री गर्ने गरिएको आयुष्माकी आमा सावित्रीले जानकारी दिइन् । छोरीले शनिबार र आइतबार बिदाका दिनमा पाँच÷छवटासम्म नाङ्गलो बुन्ने गरेकी र अन्य दिनमा पनि बिहान–बेलुका फुर्सदको समय उपयोग गर्ने गरेको उनले बताइन् ।
दिनमा पाँचवटासम्म नाङ्गलो बुन्ने र दिनमा एक हजारका दरले कमाई गर्दा मासिक तीस हजारसम्म कमाई गर्न सकिन्छ । त्यस क्षेत्रका अधिकांश भुजेल समुदायले आफ्नो पुख्र्यौली पेसालाई नै अँगाल्दै आएका र केही व्यक्ति भने वैकल्पिक पेसातर्फ पनि लाग्न थालेको बताइएको छ ।
ताजा अपडेट
-
स्कटल्याण्डले नेपाललाई दियो ३२४ रनको लक्ष्य
-
प्रतिनिधि सभामा विपक्षीको अवरोध कायमै, सोमबारसम्म स्थगित
-
प्रधानमन्त्री ओलीद्वारा निर्माणाधीन टियु क्रिकेट मैदानको अवलोकन
-
प्रतिनिधिसभा बैठक फेरि साढे पाच बजेलाई सर्यो
-
प्रधानमन्त्री ओली भन्छन् : ७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो
प्रतिक्रिया