हिन्दी, बाङ्ला र उर्दुलाई राष्ट्र संघको मान्यता
न्यूयोर्क । राष्ट्रसङ्घीय महासभाले हिन्दी, बाङ्ला र उर्दु भाषालाई उल्लेख गर्दै बहुभाषिकातासम्बन्धी प्रस्ताव पारित गरेको छ ।
शुक्रबार पारित उक्त प्रस्तावले राष्ट्रसङ्घका औपचारिक एवम् अनौपचारिक सञ्चार एवम् सन्देश ती भाषामा सम्प्रेषण गर्न बाटो खोलेको छ ।
संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि टिएस त्रिमूर्तिले हिन्दीसहित बाङ्ला र उर्दुलाई प्राथमिकता दिएकामा उक्त विश्व संस्थाको सराहना गर्दै महासचिव एन्टोनियो गुटरेसप्रति आभार व्यक्त गरेका छन् ।
भारतले सन् २०१८ देखि राष्ट्रसङ्घीय विश्व सञ्चार विभागसँग साझेदारी गर्दे हिन्दीमा समाचार एवम् समाचार सामग्री तयार गर्न बजेटरी सहयोग गर्दै आएको छ । बहुभाषिकता विश्वसमुदायबीच सामञ्जस्यपूर्ण सञ्चार र बहुपक्षीय कूटनीति सञ्चालनका निम्ति अपरिहार्य मानिन्छ ।
अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, रूसी र स्पानेली राष्ट्रसङ्घका औपचारिक सञ्चारका आधिकारिक भाषा हुन् । अङ्ग्रेजी र फ्रान्सेली राष्ट्रसङ्घीय सचिवालयका कामकाजका भाषा हुन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया