पाँचथरमा ट्याक्टर घरमा ठोक्किएर सडकमा खस्यो, दुर्घटनामा एकको मृत्य

शंकर चापागाईं (पाँचथर) । पाँचथरको फालेलुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।
फालेलुङकै पञ्चमुखीदेखि थोक्लिम्वातर्फ जाँदै गरेको ट्याक्टर दुर्घटनामा ट्याक्टर चालक सोही स्थान बस्ने २२ वर्षीय सुरेश साँवाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति थोक्लिम्वातर्फ जाँदै गरेको प्र १-०२-००३ त १८५४ नम्बरको खाली ट्याक्टर नाम्लुवा स्थिति सडक छेउमा रहेको पञ्चबीर लोहारको घरमा ठोकिएर सडकबाट तल झरेको थियोे । ट्याक्टरले किचिएर चालक साँवाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अख्तियारको वार्षिकोत्सवमा राष्ट्रपति- भ्रष्टाचारसम्बन्धी उजुरी र मुद्दा छिटो टुंगोमा पु–याउनुपर्छ
-
सांसदलाई मन्त्री बनाउन हुँदैन, निर्वाचन प्रणाली पनि बदलौं
-
सिरहाको देवीदह संरक्षण गर्न आर्थिक अभाव
-
पूर्वाधार निर्माणको पर्खाइमा सुनछहरा
-
कर्णाली प्रदेशबाट रु चार अर्ब बढीको कृषि तथा पशुजन्य उपज निकासी
प्रतिक्रिया