जिसस पर्सामा सोनार विजयी
वीरगञ्ज । जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का नीरज (अजय) साह सोनार विजयी भएका छन् ।
जसपा र नेकपा (एमाले) तर्फबाट साझा उम्मेदवार उनी दुई मतको अन्तरले विजयी भएका हुन् ।
उनले १५ मत ल्याउँदा निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठबन्धनका साझा उम्मेदवार सरोज चौरसियाले १३ मत प्राप्त गरे ।
त्यसैगरी उपप्रमुख पदमा एमालेका पुरन साह कूल १५ मतसहित विजयी बनेका छन् भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कुमारी सोनीले १३ मत प्राप्त गरे ।
जिससको नेतृत्वका लागि जसपा–एमाले गठबन्धन मिलेर चुनाव लडेकामा सबै पदमा गठबन्धनका उम्मेदवार विजयी भएका हुन् ।
नौ सदस्यीय जिसस पर्सामा जसपाबाट तीन र एमालेका चार सदस्य विजयी भएका छन् । एमालेको १० र जसपाको पाँच गरी १५ मत थियो । यसैगरी कांग्रेस १२ र लोसपा एक गरी १३ मत थियो ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया