मृगौला पीडित धादिङका भोजबहादुर थापा मगरलाई सहयोगको अपिल
काठमाडौं । नेपाल कांग्रेस, नीलकण्ठ नगरपालिका वडा नं २ धादिङका सभापति भोजबहादुर थापा मगरको दुवै मृगौला फेल भएको छ । मृगौला फेल भइ हाल त्रिवी शिक्षण अस्पतालमा उपचाररत मगरको सहयोगका लागि नेपाली कांग्रेस शिक्षा विभाग सुझाव संकलन कार्यदल(बागमती प्रदेश) का सदस्य राम बन्जाराले अपिल गरेका छन् ।
नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघमा क्रियाशील हुँदै नेपाल मगर संघ तथा अन्य सामाजिक सस्थामा संलग्न मगरको परिवारमा बुबा, आमा, श्रीमती, भाइ बहिनी र छोराहरु छन् ।
सामान्य आर्थिक अवस्था भएका ३१ वर्षिय मगरको सहयोगको लागि यतिबेला नेपाली कांग्रेस धादिङले पनि अपिल गरिरहेको छ ।
सहयोग गर्न इच्छुकले सानिमा बैंकमा रहेको उनकी श्रीमती शारदा थापा मगरको खाता नंबर ००४०११०९०००४९७६ मा सहयोग गर्न सक्नेछन् । उनको सम्पर्क नंबर ९८४३८३८३०८ र ९८४१०६३४४१ रहेको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया