एमाले सचिवालय बैठक बस्दै, होला त घनश्याममाथि कारबाही ?
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षालगायत एजेण्डामा छलफल गर्न एमालेले सोमबार केन्द्रीय सचिवालय बैठक डाकेको हो ।
बैठक दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय छ ।
एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले स्थानीय तह निर्वाचनको समीक्षा, स्थानीय तहका जनप्रतिनिधिका लागि प्रशिक्षण, केन्द्रीय विभागहरूको पूर्णता र समसामयिक राजनीतिक विषय बैठकको मुख्य एजेण्डा रहेको जानकारी दिए ।
एमालेले विभिन्न कमिटीमा स्थानीय तह निर्वाचनको परिणामलाई प्रवेश गराएर समीक्षा गरिरहेको छ । यसअघि संसदीय दलको बैठकले पार्टीले पराजय भोग्नुको मूल कारण अन्तर्घात भएको निष्कर्ष निकालेकाे थियाे । एमाले अध्यक्ष केपी शर्मा ओलीले जनमत हुँदाहुँदै पनि एमालेलाई आफूभित्रैका नेताबाट जोगाउनुपर्ने चुनौती खडा भएको अभिव्यक्ति दिँदै अाएका छन् ।
त्यस्तै, आजको बैठकबाट केही नेतालाई अनुशासन उल्लंघनको आरोपमा स्पष्टीकरण सोधिने सम्भावना पनि छ । नेता घनश्याम भुसालले एक टेलिभिजन अन्तर्वार्तामा स्थानीय तह निर्वाचनमा पार्टी पराजयको कारण केपी ओली भएको धारणा सार्वजनिक गरेपछि एमालेको अनुशासन आयोगले यसअघि नै अनुशासनकाे लक्ष्मण रेखा नाघेकाे निष्कर्ससहित उनीमाथि कारबाही सिफारिस गरिसकेको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया