NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

किसानले मल नपाएको भन्दै एमालेले दर्ता गरायो जरूरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं । प्रमुख विपक्षी दल एमालेले समय घट्किदासमेत किसानले रासायनीयक मल नपाएको भन्दै उसले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ ।

सोमाबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदको चालु कामकारवाही स्थगन गर्न प्रस्ताव राखेका थिए । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गर्नुपर्ने मागसहित संसद सचिवालयमा स्थगन प्रस्तावको सूचना दर्ता गराएका हुन् ।

‘किसानको समास्या समाधान गर्न सरकार असफल भएको देखियो । जनताले रासायनीक मल चाहियो भनेर दिनहुँ भनिरहेका छन् । असार लागिसक्यो देशभर मल छैन’, अब एक हप्तामा मल नआए मल ल्याउनुको कुनै अर्थ छैन’, उनले भने, ‘सरकार कस्तो हुन्छ हामी देखाउँछौं भन्ने सांसद आज कता छन् ? मल लिन भारत गएका कृषिमन्त्रीले मल ल्याए होलान् भनेको त रित्तै फर्किनुभएछ ।’

रासायनीक मलको विषयमा एक महिनादेखि विपक्षी दलले सरकारको ध्यानाकर्षण गर्दासमेत सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । उनको प्रस्ताव दर्ता भएपछि सभामुख अग्निप्रसाद सापकोटाले दुई घण्टाको लागि संसदको कामकारवाही स्थगत गरेका छन् । अहिले भट्टराईले राखेको प्रस्तावमाथि सांसदहरूले आफ्नो भनाइ राखिराखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष