किसानले मल नपाएको भन्दै एमालेले दर्ता गरायो जरूरी सार्वजनिक महत्वको प्रस्ताव
काठमाडौं । प्रमुख विपक्षी दल एमालेले समय घट्किदासमेत किसानले रासायनीयक मल नपाएको भन्दै उसले संसदमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको छ ।
सोमाबार बसेको प्रतिनिधिसभाको बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले संसदको चालु कामकारवाही स्थगन गर्न प्रस्ताव राखेका थिए । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७८ बमोजिम सार्वजनिक महत्वको विषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गर्नुपर्ने मागसहित संसद सचिवालयमा स्थगन प्रस्तावको सूचना दर्ता गराएका हुन् ।
‘किसानको समास्या समाधान गर्न सरकार असफल भएको देखियो । जनताले रासायनीक मल चाहियो भनेर दिनहुँ भनिरहेका छन् । असार लागिसक्यो देशभर मल छैन’, अब एक हप्तामा मल नआए मल ल्याउनुको कुनै अर्थ छैन’, उनले भने, ‘सरकार कस्तो हुन्छ हामी देखाउँछौं भन्ने सांसद आज कता छन् ? मल लिन भारत गएका कृषिमन्त्रीले मल ल्याए होलान् भनेको त रित्तै फर्किनुभएछ ।’
रासायनीक मलको विषयमा एक महिनादेखि विपक्षी दलले सरकारको ध्यानाकर्षण गर्दासमेत सरकार कानमा तेल हालेर बसेको आरोप लगाए । उनको प्रस्ताव दर्ता भएपछि सभामुख अग्निप्रसाद सापकोटाले दुई घण्टाको लागि संसदको कामकारवाही स्थगत गरेका छन् । अहिले भट्टराईले राखेको प्रस्तावमाथि सांसदहरूले आफ्नो भनाइ राखिराखेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया