NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनचाँदीको मूल्य घट्यो कतिमा हुदैछ कारोबार ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार १५ सय रूपैयाँले बढेको सुन सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेर ९८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ थियो । त्यस्तै सोमबार तेजावी सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँले कारोबार भएको छ । आइतबार तेजावी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार १५ रुपैयाँले बढेको चाँदीको मूल्य सोमबार १५ रुपैयाँले घटेर १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।