NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्नुको मुख्य दोषी विद्यासुन्दर : पूर्वमन्त्री साह

काठमाडौं । पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साहले काठमाडौंका पूर्वमेयर विद्यासुन्दर शाक्यको अदुरदर्शी नीति र वेवास्ताका कारण काठमाडौंको फोहोर व्यवस्थापन विकराल बन्दै गएको आरोप लगाएका छन् ।

शाक्यले काठमाडौंको व्यवहारीक समस्यालाई वेवास्ता गरी जनतालाई मनो रेल र मेट्रो रेलेको सपना देखाउँदा महानगरबासी दुर्गन्धले बन्न नसक्ने अवस्ता आएको साहले जिकिर गरे ।

‘विद्यासुन्दरले जस्तो फल रोपे आज काठमाडौंवासीले त्यस्तै फल पाएका छन् । उनले फोहोरलाई वेवास्था गर्ने, पैसा बैंकमा हाल्ने राख्ने काम गरे’, उनले भने, ‘उहाँले महानगरवासीलाई मनो रेल र मेट्रो रेलको आश्वासन दिए तर केही भएन ।’

सुरुदेखि नै यस विषयमा सम्बन्धित निकाय सम्वेदनशील नहुँदा काठमाडौंको फोहोर व्यवस्थापन जटिल बन्दै गएको उनले बताए ।

‘बालुवाटारमा भेल पस्छ सरकारी निकाय टुुलुटुलु हेरेर बस्न बाध्य छन् । काठमाडौंको सहरी क्षेत्रलाई वातावरण मैत्री बनाउन पहल भएन । जनताबाट कर उठाउने अनि मनोरेलको सपना बाँडेर हुन्छ ? यसमा पहिले नीति आवश्यक छ’, साहले भने, ‘घर मात्र बन्न दिने हो कि फोहोरको लागि पनि ठाउँ छुट्याउने हो ? सहमा घर मात्र बनाउने, भाडामा लगाउने पैसा कमाउने मानसिकता मात्र बढ्यो ।’

महानगरपालिकाले कर मात्र उठाउने मानसिकता राख्ने तर करसँगै आफ्नो वरपरको वतारवरण सफा राख्ने दायीत्व नलिएसम्म समस्या समाधान नहुने उनले बताए ।

फोहोर व्यवस्थापनमा सरकारले मात्र काम गर्न नसक्ने भन्दै उनले निजी क्षेत्रको लगानी मोडेल के हुने भन्नेमा स्पष्ट हुनु आवश्यक रहेको बताए । शून्य वेस्ट अवधारणाका नीति सरकारले ल्याउनुपर्ने उनको भनाइ छ ।

‘कर्मचारीमा सोलिड वेस्ट म्यानेजमेन्ट हेर्ने सक्षम अधिकारी आवश्यक छ । सहरमा फोहोर व्यवस्थापन समस्या विकराल छ तर झारा टार्ने खालको कर्मचारी राखेको छ’, उनले भने, ‘फोहोरको दीर्घकालिन समाधानका लागि संघीय सरकारले ऐन कानुन बनाउनु पर्छ । प्रदेश सरकारले अनुसन्धान केन्द्र बनाउनुपर्छ ।’

उनले ७० प्रतिशत फोहोर व्यवस्थापन स्रोतबाट गर्न सकिने भएपनि कमिसनका कारण फोहोर व्यवस्थापन हुन नसकेको आरोप लगाए ।