राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलको सरुवा
काठमाडौं । राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलको सरुवा भएको छ ।
नियुक्त भएको ९ महिनापछि उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको हो । त्यसअघि उनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक थिए ।
उनको कार्यअवधीभर विभागले ६९ वटा मुद्दा दर्ता गरेको छ भने त्यसबाट १० अर्ब बढी बिगो जरिवाना तोकिसकेको विभागले जनाएको छ । यो अवधीभर ४६ वटा विदेशी विनिमय अपचलनमा मुद्दा दायर भएको छ । त्यस्तैगरि ७८ जना प्रतिवादी रहेको उक्त मुद्दामा एक अर्ब १० करोड २१ लाख ४७ हजार सात सय ८४ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
पौडेलको कार्यकालमा विभागले ६ सय ६८ वटा सवारीलाई भीसीटीएसमा कारवाही गरेको छ । यसबाट तीन करोड ४३ लाख २६ हजार ६ सय राजश्व संकलन भएको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया