NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

एमसिसीभन्दा पनि खतरनाक छ अमेरिकी पार्टनरसीप प्रोग्राम : प्राध्यापक पोखरेल

काठमाडौं । प्राध्यापक एवं राजनीतिक विश्लेषक कृष्ण पोखरेलले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम एमसिसीभन्दा पनि पेचिलो रहेको बताएका छन् । अमेरिकी सेनाका प्यासिफिक कमाण्डर चाल्र्स ए फ्लिनको नेपाल भ्रमण यो प्रोग्राममा नेपालालई हस्ताक्षर गराउन केन्द्रित रहेको भन्दै उनले विनम्रतापूर्व पन्छाउनुमै नेपालको हितमा रहेको बताएका हुन् ।

‘भारतमा जत्तिकै नेपालमा पनि चार दिन बिताए अमेरिकी सेनाका प्यासिफिक कमाण्डर चार्ल्स ए फ्लिनले। उनको जोड अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राममा नेपाललाई हस्ताक्षर गराउने तर्फ केन्द्रित देखियो। यो इण्डो प्यासिफिक रणनीतिको अभिन्न अंग हो’ पोखरलले भनेका छन्, ‘यो प्रस्तावलाई विनम्रतापूर्वक पन्छाउन सक्नु मै नेपालको हित हुन्छ। यसमा हतारिएर हस्ताक्षर गर्यो भने नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको भुँमरीमा पर्नेछ र आफ्नो रणनीतिक स्वायत्तता समेत गुमाउनेछ ! यो विषय एमसीसीभन्दा निक्कै पेचिलो पनि छ। मुलुककै स्वतन्त्र अस्तित्वमा आँच आउने खतरा सृजना हुने खण्ड आयो भने देउवा नेतृत्वको सरकार गोलखाडी गयो र नयाँ समीकरणको सरकार बनो भने पनि अन्यथा नमाने हुन्छ ।’

ताजा अपडेट

नेपालवाच विशेष