विश्वकप लिग टू : नेपालले लेला त ओमानसँग बदला ?
काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टूअन्तर्गतको सिरिजका लागि आज नेपाल र ओमान भिड्दै छन् ।
अमेरिकाको टेक्ससस्थित मोसा क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ९ः१५ बजे दुईबीच प्रतिस्पर्धा हुनेछ ।
सिरिजअन्तर्गत यसअघि सम्पन्न पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । त्यसैले आज नेपाल सिरिजमा पहिलो जित निकालेर ओमानसँग बदला लिने सोचमा छ ।
तर जित निकाल्न नेपाललाई उति सहज छैन । किनभने, ओमानसँगको पछिल्लो प्रतिस्पर्धामा नेपालले एउटा मात्रै जित निकाल्न सकेको छ ।
शीर्ष स्थानमा रहेको ओमान नेपाललाई पराजित गरेर आफ्नो शीर्ष स्थानको अग्रतालाई थप सशक्त बनाउने दाउमा छ ।
३५ खेलमा जित हासिल गरेको ओमानले ४४ अंक जोडिसकेको छ भने नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा छ ।
सिरिजअन्तर्गतको अन्तिम खेल नेपालले अमेरिकासँग खेल्नेछ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया