एसियन कप छनोट : नेपाल र इण्डोनेसिया भिड्दै
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आज नेपाल र इन्डोनेसिया प्रतिस्पर्धा गर्दैछन् ।
खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।
यसअघि भएका दुई खेल नेपाललाई फापेको छैन । बुधबार जोर्डनसँग २–० र शनिबार आयोजक कुवेतसँग नेपाल ४–१ गोल अन्तरले पराजित भएको थियो ।
पहिलो जित निकाल्नुपर्ने दबाबमा रहेको नेपाल इण्डोनेसियाविरुद्ध मैदानमा खडा हुँदैछ । इण्डोनेसिया बलियो टिम मानिन्छ । त्यसैले आजको प्रतिस्पर्धा नेपालका लागि त्यति सहज छैन ।
आजको खेलमा जित निकाले पनि एसियन कपमा नेपालको सम्भावना समाप्त भइसकेको छ । त्यसैले आजको प्रतिस्पर्धा प्रतिष्ठाको हुनेछ ।
एएफसी एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपाल हालसम्म अंकविहीन रहँदै पुछारमा छ भने २ खेलमा ३ अंक जोडेर इण्डोनेसिया दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया