एसियन कप छनोट : नेपाल र इण्डोनेसिया भिड्दै
काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत आज नेपाल र इन्डोनेसिया प्रतिस्पर्धा गर्दैछन् ।
खेल कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपाली समयअनुसार राति १ बजे सुरु हुनेछ ।
यसअघि भएका दुई खेल नेपाललाई फापेको छैन । बुधबार जोर्डनसँग २–० र शनिबार आयोजक कुवेतसँग नेपाल ४–१ गोल अन्तरले पराजित भएको थियो ।
पहिलो जित निकाल्नुपर्ने दबाबमा रहेको नेपाल इण्डोनेसियाविरुद्ध मैदानमा खडा हुँदैछ । इण्डोनेसिया बलियो टिम मानिन्छ । त्यसैले आजको प्रतिस्पर्धा नेपालका लागि त्यति सहज छैन ।
आजको खेलमा जित निकाले पनि एसियन कपमा नेपालको सम्भावना समाप्त भइसकेको छ । त्यसैले आजको प्रतिस्पर्धा प्रतिष्ठाको हुनेछ ।
एएफसी एसियन कप छनोटको समूह ‘ए’ मा रहेको नेपाल हालसम्म अंकविहीन रहँदै पुछारमा छ भने २ खेलमा ३ अंक जोडेर इण्डोनेसिया दोस्रो स्थानमा छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया