रुपन्देहीमा युवतीको रहस्यमय मृत्यु
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ स्थित सेमरीचोककी २५ वर्षीया युवतीको रहस्यमयी मृत्यु भएको छ । सुविना गिरीको शव झुन्डिएको अवस्थामा फेला परेको परिवारको दाबी छ ।
पति सन्जु गिरीले आफूहरुले सञ्चालन गर्दै गरेको होटलमा राति करिब १ बजे झुन्डिएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दाबी गरेका छन् ।
सन्जुले राति २ बजे क्रिमसन अस्पताल मणिग्राममा ल्याउँदा चिकित्सकहरुले मृत घोषणा गरेका थिए । तर सुविनाका माइती पक्षले उनका पति अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न माग गरेकी छिन् ।
इलाका प्रहरी कार्यालय बुटवलले घटनाको प्रारम्भिक अनुसन्धान थालेको छ । सुविनाको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । मृतकका २ जना नाबालक छोराछोरी छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया