NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

प्रधानमन्त्री देउवाले देशलाई विदेशीको प्लेग्राउण्ड बनाउन पाउँदैनन् : गोकुल बाँस्कोटा

काठमाडौं । एमाले नेता गोकुल बाँस्कोटाले कुनै शक्तिराष्ट्रको गुडबुकमा पर्नका लागि देशलाई विदेशीको प्लेग्राउन्ड बनाउने अधिकार प्रधानमन्त्रीलाई नभएको बताएका छन् ।

सामाजिक संजालमा लेख्दै बाँस्कोटाले सगरमाथाको टुप्पोमा विदेशीलाई प्लेकार्ड प्रदर्शन गर्न दिनु महागलत भएको बताएका हुन् ।

‘युक्रेनमाथि रुसी हमला गलत हो। तर रुसी राष्ट्रपति पुटिनकाविरुद्द सगरमाथाको टुप्पोमा विदेशीलाई प्लेकार्ड प्रदर्शन गर्न दिनु महागलत हो’ बाँस्कोटाले भनेका छन्, ‘कुनै शक्तिराष्ट्रको गुडबुकमा पर्नकै लागि प्रम देउवाले देशलाई विदेशीको प्लेग्राउण्ड बनाउन पाउदैन।सत्ता प्राप्तिको तुच्छ स्वार्थभन्दा देश धेरै माथी छ।’

ताजा अपडेट

नेपालवाच विशेष