NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

नेपालले लियो ओमानसँग बदला

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूमा नेपालले ओमानलाई हराएको छ ।

त्रिदेशीय सिरिजअन्तर्गत अमेरिकामा सम्पन्न खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएको हो ।

सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल अघिल्लो हारको बदला लिन सफल भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई १ सय ६४ रनको लक्ष्य दिएकोमा नेपालले त्यसलाई ३३ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेलेका थिए । उनीहरूले क्रमशः ६२ र ५६ रन बनाए । त्यसैगरी, देव खनालले १०, रोहित पौडेलले २६ र दीपेन्द्र सिंह ऐरीले ६ रनको योगदान दिए ।

यसक्रममा ओमानका फायज बुटले २ र खबर अलीले एक विकेट लिएका थिए ।

ओमानलाई १ सय ६३ रन बनाउन कप्तान जिशन मक्सुदले ५२, सन्दीप गौडले ४७ र जतिन्दर सिंहले २३ रन जोडे ।

ओमानलाई १६३ रनमै रोक्न करण केसीले ५, कप्तान सन्दीप लामिछानेले ३, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।

योसँगै नेपाल पाँचौं स्थानमा उक्लिएको छ । १५ खेल खेलेको नेपालले जोडेको अंक १५ छ ।