नेपालले लियो ओमानसँग बदला
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूमा नेपालले ओमानलाई हराएको छ ।
त्रिदेशीय सिरिजअन्तर्गत अमेरिकामा सम्पन्न खेलमा नेपालले ओमानलाई ७ विकेटले हराएको हो ।
सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल ओमानसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल अघिल्लो हारको बदला लिन सफल भएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको ओमानले नेपाललाई १ सय ६४ रनको लक्ष्य दिएकोमा नेपालले त्यसलाई ३३ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा आसिफ शेख र कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेलेका थिए । उनीहरूले क्रमशः ६२ र ५६ रन बनाए । त्यसैगरी, देव खनालले १०, रोहित पौडेलले २६ र दीपेन्द्र सिंह ऐरीले ६ रनको योगदान दिए ।
यसक्रममा ओमानका फायज बुटले २ र खबर अलीले एक विकेट लिएका थिए ।
ओमानलाई १ सय ६३ रन बनाउन कप्तान जिशन मक्सुदले ५२, सन्दीप गौडले ४७ र जतिन्दर सिंहले २३ रन जोडे ।
ओमानलाई १६३ रनमै रोक्न करण केसीले ५, कप्तान सन्दीप लामिछानेले ३, सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।
योसँगै नेपाल पाँचौं स्थानमा उक्लिएको छ । १५ खेल खेलेको नेपालले जोडेको अंक १५ छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया