मेक्सिकोमा प्रहरी कारबाहीमा १० बन्दुकधारी मारिए
काठमाडौं । मेक्सिकोमा प्रहरी कारबाहीमा परी कम्तीमा पनि १० जना बन्दुकधारीको ज्यान गएको बताइएको छ । मेक्सिकोको टेक्सकल्टालिन नगरपालिकामा प्रहरीले गरेको कारबाहीमा ती बन्दुकधारी मारिएका बताइएको छ ।
सो क्षेत्रमा सरकारी अधिकारीहरुले त्यहाँ विभिन्न अपराधमा परेका मानिसहरुलाई पक्राउका लागि पूर्जी लिएर गएका थिए । त्यस क्रममा त्यहाँ रहेका बन्दुकधारीहरुले सो सरकारी टोलीमाथि नै गोली चलाएका थिए ।
त्यस क्रममा प्रहरीले गरेको कारबाहीमा परेर ती बन्दुकधारी मारिएका प्रहरी अधिकारीले जनाएका छन् । त्यस कारबाहीका क्रममा अरु सात जना बन्दुकधारीलाई पक्राउ गरिएको छ । पक्राउ परेकामा चार जना प्रहरीको गोली लागेर घाइते भएका पनि रहेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया