विवादित एसपीपीबारे सरकारको औपचारिक धारणामा के छ ?
काठमाडौं । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी सरकारलाई बदनाम बनाउन लगाइएको आरोप भएको बताएकाे छ ।
प्रतिनिधिसभामा सांसदले उठाएका प्रश्नको जवाफ दिंदै कानुनमन्त्री गोविन्द बन्दीले यो प्रोग्राममा कसैले पनि प्रस्ताव नगरेको बताएका हुन् ।
‘नेपाललाई स्टेट पार्टनरसीप प्रोग्राममा लागि इन्भाइट गरेको थाहा छैन । कतैबाट प्रस्ताव पनि आएको छैन’ संसद्मा कानुनमन्त्री बन्दीले भने, ‘प्रस्ताव आएको भन्ने कुरा गलत हो । झुट हो । सरकारलाई बदनाम गराउने खेल हो ।’
कहीं कतैबाट यस्तो प्रस्ताव आएको छ भनेर भ्रममा नपर्नसमेत मन्त्रीले आग्रह गरेका छन् । ‘यस्तो प्रस्ताव आएकै छन् । हामीलाई वनको बाघले होइन मनको बाघले पनि नखाओस् ।’
संसदमा प्रतिपक्षी एमालेले मात्रै होइन कांग्रेस सांसद गगन थापाले समेत सामरिक विषयको भनिएको यस्तो सन्दर्भमा प्रधानमन्त्रीको धारणा आउनुपर्ने बताएका थिए । संसदमा उभिएर यस्तो सम्झौताको अवस्था के हो प्रष्ट्याउन थापाले माग गरेका थिए ।
यसैबीच प्रधानमन्त्री शेरबहादु देउवाले पनि एसपीपी पारित गर्न कुनै प्रस्ताव नआएको भन्दै राष्ट्रिय हित विपरीतका कुनै गतिविधि आफूले नगर्ने बताएका छन् । बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी पास गर् भने पनि आफूले अघि नबढ्ने बताएका थिए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया